

-
काठमाडौं : मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ। अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ ।
पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ ।
अस्ति बुधवार धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा हिजो ३८ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।
नेपालगञ्जको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ ।
वीरेन्द्रनगरको तापक्रम पनि ४० दशमलव १ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यस्तै घोराहीको तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियसबाट ३२ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।
मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगेको र पर्सि आइतवारसम्म देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
News Desk 0 response शुक्रबार, असार ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


