

-
काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी तत्काल बन्द नहुने भएको छ । शुक्रबारदेखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिरिएपनि पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर मेलम्ची खानेपानी सप्लाई भइरहेको मेलम्ची खानेपानी विकास समितिले स्पष्ट पारेको छ ।
खडेरीका समयमा काठमाडौंमा पानीको आपूर्तीलाई सहज बनाउन एक घण्टा पानी छोड्दा पनि एक हजार ट्याङ्कलाई पुग्ने पानी जम्मा हुने समितिको भनाइ छ । जसकारण तत्काल मेलम्चीको मूलद्वार बन्द नहुने भएको हो ।
बर्खायामलाई मध्यनजर गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रुपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर पानी सप्लाई भइरहेको हो ।
मनसुन अवधिमा विपत्तिको जोखिम बढ्ने भन्दै २४ घण्टा नै कर्मचारी हाइअलर्टमा खटाइएको पनि लामिछानेले बताएका छन् । यद्धपी पानीको बहाव बढ्नासाथै जुनसुकै बेला पनि मूलद्धारलाई बन्द गरिन सक्ने उनले खुलाए ।
यसअघि पनि मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पनि बर्षायाम सुरु भएपछि सरकारले आयोजना बन्द गर्ने गरेको थियो । त्यसपछि वर्षा सकिए लगत्तै खोल्ने गरेको थियो ।
हाल दैनिक २० करोड लिटर हाराहारीमा उपत्यकावासीलाई पानी वितरण भइरहेको छ । यद्धपी पहिले, दैनिक १७ करोड लिटर पानी वितरण गरिने भनिएको थियो ।
सरकारले गत ३१ जेठ गते आयोजना बन्द गर्ने निर्णय गरेको थियो । सो समयमा नेपालका मनसुन भित्रिए पनि पूर्वी भू(भागमा मात्रै सक्रिय भए पनि वागमतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।
News Desk 0 response बिहिबार, असार ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


