

-
भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने भएका छन् ।
राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जितेका थिए । अब गान्धीले वायनाडको सिट खाली गर्ने र उनकी बहिनी तथा नेत्री प्रियङ्का गान्धीलाई त्यहाँको उपचुनावमा उम्मेदवार बनाउने भारतीय कांग्रेसले जनाएको छ ।
कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रियङ्का गान्धी वायनाडबाट चुनाव लड्ने घोषणा गरेका बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै पत्रकार सम्मेलन गर्दै नेता राहुल गान्धीले आफूले एउटा सिट रोज्नैपर्ने भएकाले वायनाड छाडेको तर त्यहाँ जान नछाड्ने बताएका छन् । यस्तै प्रियङ्काले पनि आफ्ना लागि रायबरेली र अमेठी निकै प्रिय ठाउँ भएकाले त्यहाँ पनि गइरहने बताएकी छिन् ।
प्रियङ्का गान्धीले उम्मेदवारको रूपमा पहिलो पटक चुनावमा भाग लिनेछिन् । प्रियङ्काले वायनाडका नागरिकलाई राहुल गान्धीको अभाव महसुस गर्न नदिने बताएकी छिन् ।
News Desk 0 response मङ्लबार, असार ५, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


