

-
फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपाल र यमनको खेल २–२ को बराबरीमा सकिएको हो ।
योसँगै अघिल्ला ५ खेलमा हार र गोलविहीन नेपालले बराबरीबाट अङ्क जोडेको छ । नेपालका फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले एकरएक गोल गरे । दुवै खेलाडीको यो अन्तर्राष्ट्रिय पहिलो गोल पनि हो । खेलको नवौँ मिनेटमा नसीम अल–गाहवाहीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।
नेपालका लागि खेलको २३ औँ मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए । यस्तै जिलेस्पीजंगले ६६ औँ मिनेटमा गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनका मोहम्मद अल–दाहीले गोल गर्दा बराबरी भयो ।
नेपाल रहेको समूह ‘एच’ मा यूएई १६ अङ्कसहित शीर्ष र बहराइन ११ अङ्कसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्क रहेको यमन र एक अङ्क जोडेको नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।
यसै खेलमा नेपालका गोलकिपर किरण लिम्बुले एकसय औँ अन्तर्राष्ट्रिय खेल खेले । एकसय औँ खेल खेल्ने उनी पहिलो नेपाली फुटबल खेलाडी हुन् । खेलपछि किरणलाई एक सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।
News Desk 0 response बुधबार, जेष्ठ ३०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


