• कञ्चनपुर : नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् ।

    हिजो बेलुकी कञ्चनपुरको महेन्द्रनगरमा रहेको विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो । त्यस अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी भइरहेको बताएका थिए ।

    विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए । राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तसहित विश्वविद्यालयका अरु पदाधिकारीहरु सहभागी थिए ।