

-
भारतको मुख्य विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मानहानीको मुद्दामा जमानत पाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा नेता गान्धीविरुद्ध दायर गरिएको मानहानीको मुद्दामा बेङ्गलोरको विशेष अदालतले आज जमानत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
गएको वर्षको कर्नाटक राज्यको विधानसभा चुनावमा नेता गान्धीले तत्कालीन भाजपा सरकारमाथि सन् २०१९–२०२३ को शासनकालमा ठूल्ठूला भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यही आरोपविरुद्ध कर्नाटक भाजपाले कांग्रेस नेता राहुल गान्धी, मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारविरुद्ध मानहानीको आरोप दायर गरेको थियो ।
विशेष अदालतले यो मुद्दामा गएको जुन १ मा सिद्धारमैया र शिवकुमारलाई जमानत दिएको थियो । अब यो मुद्दामा अघिल्लो सुनुवाइ यही जुलाई ३० मा हुने खबरमा उल्लेख छ ।
यसअघि सन् २०२३ को मार्च २३ मा सूरतको एक अदालतले ५३ वर्षीय नेता राहुल गान्धीलाई मानहानी मुद्दामा दुई वर्षको सजाय सुनाएको थियो । यही मुद्दामा उनको सांसदबाट पनि हट्नुपरेको थियो । तर सर्वाेच्च अदालतको फैसलापछि उनी संसद् सदस्यका रूपमा पुनः स्थापित भएका थिए ।
News Desk 0 response शुक्रबार, जेष्ठ २५, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


