

-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचारको आरोप लाग्नेमा मेयर उपमेयरसहित ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक छन् । अख्तियारले ती सञ्चालक आवद्ध रहेका ७ वटा कम्पनीविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको अनि भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि पाँच वर्ष भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीलाई पाँचवटै मुद्दामा प्रतिवादी बनाएको छ ।
मेयर र उपमेयरसँगै प्रमुख प्रशासकीय अधिकृतहरु प्रविन कोइराला, वीरेन्द्रराज भारती, कृष्णप्रसाद जैसी, विश्वराज मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले पाँच वर्षयताका गोदावरी नगरपालिकाका राजस्व शाखाका प्रमुख विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व शाखाका प्रमुखहरु नगरपालिकाको राजस्व परामर्श समितिका सदस्य सचिव हुन्छन् । राजस्व शाखाका प्रमुखहरु श्रीकण्ठ घिमिरे, श्रीराम आचार्य र यमलाल बेल्वासे विरुद्द मुद्दा दायर भएको छ ।
अख्तियारले ढुंगाखानीका सञ्चालकहरु र ठेकेदारलाई पनि राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको छ । कर्मा कन्स्ट्रक्सनका सञ्चालक रवि महर्जन, माली निर्माण सेवाका सञ्चालक प्रकाश माली, सप्तप निर्माण कम्पनीका मदन केसीविरुद्ध राजस्व चुहावटको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियारले ललितपुरका ढुंगाखानीसँग जोडिएका कम्पनी र तिनका सञ्चालकहरुलाई समेत राजस्व छलेको आरोप लगाएको छ । निराकार ढुंगा रोडा उद्योगका मधुसुदन डोटेल, मच्छिन्द्र मल्टी प्रपोजका केदारनाथ तिमल्सिना, सजिलो रोडाढुंगाका शशिराज शाही, वीरेन्द्र ढुंगा उद्योगका वीरेन्द्र महर्जनविरुद्ध पनि मुद्दा चलाएको छ ।
ललितपुरको लेले र नल्लु क्षेत्रमा लामो समयदेखि ढुंगाखानी सञ्चालनमा छन् । नल्लुखोलाको मुहान नै बिथोलिनेगरी ढुंगाखानी सञ्चालन भएकोमा चौतर्फी प्रश्न उठेपछि त्यतिबेला संसदको प्राकृतिक स्रोत साधन समितिले ढुंगाखानी रोक्न सुझाव दिएको थियो ।
त्यतिबेला संसदिय समितिले लेले र नल्लुमा रहेका ढुंगाखानी काठमाडौं उपत्यकाबाहिर सार्न सुझाव दिएको थियो । संसदिय समितिको निर्देशक कुनै पनि निकायले पालना गरेनन् ।
खानी सञ्चालन सम्बन्धी मापदण्ड नै पालना नभएको अवस्थामा २०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि फेरि लेले र नल्लुका ढुंगाखानीहरु निर्वाध रुपमा चलेका थिए । अख्तियारले अहिले ढुंगाखानी सञ्चालनमा भन्दा पनि रोडाढुंगा उत्खनन र निकासमा राजस्व चुहावट भएको विषयलाई उठाएर मुद्दा दायर गरेको हो ।
News Desk 0 response सोमवार, जेष्ठ २१, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


