

-
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यशैलीको विरोध गर्दै दुई जना मन्त्रीले सरकार नै ढालिदिने धम्की दिएका छन् । दुई जना मन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेको गाजा युद्धविराम प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहमति जनाएमा सत्ता छाड्ने र सत्तारूढ गठबन्धनलाई ध्वस्त पार्ने धम्की दिएका बीबीसीले जनाएको छ ।
अर्थमन्त्री बेजेल स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–ग्विरले हमासलाई नष्ट नगरि हुने कुनै पनि सम्झौताको विरोध गर्ने बताएका छन् । स्मोट्रिचले नेतन्याहुलाई सम्बोधन गर्दै एउटा पत्र सार्वजनिक गरेका छन् । जहाँ हमासलाई नष्ट नगरि र सबै बन्धकलाई फिर्ता नल्याई युद्ध समाप्त गर्ने अमेरिकी प्रस्ताव मानेमा विरोध गर्ने र सरकार छाड्ने उल्लेख छ ।
तर सबैभन्दा शक्तिशाली मानिएको विपक्षी दलका नेता यायर लापिडले भने प्रधानमन्त्री नेतान्याहुले अमेरिकी योजनालाई समर्थन गरेमा सरकारलाई समर्थन गर्ने प्रतिज्ञा जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनको तीन भागको प्रस्ताव छ हप्ताको युद्धविरामबाट शुरु हुनेछ । जसमा इजरायली रक्षा बल (आईडीएफ) गाजाको रफाह क्षेत्रबाट फिर्ता हुनेछ । यस्तै सबै बन्धकको रिहाइ, शत्रुताको अन्त्य र गाजाका लागि एक प्रमुख पुनर्निर्माण योजना प्रस्तावमा उल्लेख छ । यो योजनालाई दुई जना मन्त्रीले चर्को विरोध गरेका छन् भने विपक्षीले समर्थन गरेका छन् ।
अहिले इजरायलमा युद्ध मन्त्रिपरिषद्ले सरकार चलाइरहेको छ । नेतान्याहु विभिन्न दलको समर्थनमा प्रधानमन्त्री बनेकाले एउटा दलले समर्थन फिर्ता लिए पनि सरकार ढल्ने सम्भावना हुन्छ ।
News Desk 0 response आइतवार, जेष्ठ २०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


