

-
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससँग गरेको प्रस्ताव सार्वजनिक गरेका छन् । बाइडेनले हमासलाई प्रस्ताव स्वीकार गर्न आग्रह गर्दै अब युद्ध अन्त्य गर्नुपर्ने समय भएको बताएको बीबीसीले जनाएको छ ।
तीन चरणको प्रस्तावअन्तर्गत ६ हप्ता लामो युद्धविराम हुनेछ । ६ हप्ताको समयमा मानवीय सहायता पुर्याउने क्रमलाई तीव्र बनाइनेछ भने प्यालिस्टिनी बन्दीको सट्टा केही बन्धक रिहा गरिनेछन् । यो सम्झौताले स्थायी रूपमा युद्धलाई अन्त्य गर्नेछ र गाजाको पुनर्निर्माणको एउटा प्रमुख योजना तय गरिनेछ । पुनर्निर्माणमा अमेरिका र अरू अन्तर्राष्ट्रिय निकायले घर, विद्यालय र भवन निर्माण गर्न सहयोग गर्ने विषय पर्छन् ।
हमासले प्रस्तावलाई आफूले सकारात्मक ढङ्गले हेरेको बताएको बीबीसीले जनाएको छ । यस्तै बेलायतका विदेशमन्त्री डेविड क्यामरनले पनि इजरायलको प्रस्ताव स्वीकार गर्न हमासलाई अनुरोध गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि इजरालयको प्रस्तावलाई स्वागत गर्दै यसले मध्यपूर्वमा शान्ति ल्याउन सक्ने बताएका छन् । कतारमा रहेका मध्यस्थकर्तामार्फत हमासलाई प्रस्ताव पठाएको अमेरिकी राष्ट्रपति बाइडेनले बताए ।
News Desk 0 response शनिबार, जेष्ठ १९, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


