• काठमाडौं । नेपाल आयल निगमले पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेलरमट्टितेलमा १/१ रुपैयाँ घटाएको छ ।

    निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेलरमट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेलरमट्टितेलको १ सय ५३ पर्नेछ ।