

-
काठमाडौं : नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिजो नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ ।
दुवै ठाउँको तापक्रम यसवर्षकै सबैभन्दा धेरै हो । यसअघि यसवर्षको उच्च तापक्रम वैशाख ८ गते भैरहवामा ४३ दशमलव ६ डिग्री मापन भएको थियो । देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । हिजो वीरेन्द्रनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस, घोराहीको ४० दशमलव २ डिग्री सेल्सियस, भैरहवाको ३९ दशमलव ४ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।
काठमाण्डौ र पोखराको तापक्रम पनि बढेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३४ दशमलव ४ र पोखराको ३४ डिग्री सेल्सियससम्म मापन भएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ ।
यसैबीच हिजो काठमाडौं उपत्यकासहित बाग्मती, कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको थियो । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीको प्रभाव रहेकाले अझै केही दिन मेघगर्जन र चट्याङसहित विभिन्न भागमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


