

-
काठमाडौं : आईसीसी टी ट्वान्टी विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ । स्थानिय समयअनुसार बिहान साढे १० बजे अर्थात नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।
टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमवार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।
त्यस्तै अमेरिका र बङग्लादेशबीच अस्ति मङ्गलवार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिख अर्थात पर्सि आइतवारदेखि शुरु हुँदैछ ।
नेपालले पहिलो खेल जेठ २२ गते मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङग्लादेश छन् । यस्तै समूह ’ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह ’बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्गल्यान्ड छन् । समूह ’सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


