

-
काठमाडौं : सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा आज तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा आज ४४ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो यस वर्षको उच्च तापक्रम पनि हो ।
धनगढीमा हिजोको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस हुँदा रेकर्ड बनेको थियो । त्यसअघि यस वर्षको उच्च तापक्रम गएको अप्रिल २० तारिख अर्थात् वैशाखको ८ गते भैरहवामा ४३ दशमलव ६ डिग्री मापन भएको थियो ।
धनगढीमा सन् १९९५ जुन १६ तारिखमा अहिलेसम्मकै उच्च ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । अहिले मे महिनाको अन्तिम समय हो । त्यसैले धनगढीमा अझै तापक्रम बढ्ने सम्भावना कायमै छ । गर्मी बढेसँगै धनगढी उपमहानगरभित्रमा विद्यालय आजदेखि एक हप्ताका लागि बन्द भएको छ ।
आज दिउँसो कैलालीकै साँडेपानी र नेपालगञ्जमा उच्चतम तापक्रम ४४ डिग्री, कञ्चनपुरको दोधारा र बाँकेको खजुरामा ४३ डिग्री, कपिलवस्तुको तौलिहवामा ४१, भैरहवामा ४० र जनकपुरको ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यस्तै आज काठमाडौंको उच्चतम तापक्रम ३३ डिग्री सेल्सियस मापन भएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ । तर आज र भोलि ती क्षेत्रमा पानी पर्ने सम्भावना कम छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज दिउँसो बाग्मती, कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा पानी परेको छ । आज राति मधेश र कोशी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए ।
News Desk 0 response बिहिबार, जेष्ठ १७, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


