• काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । 

    नीति तथा कार्यक्रम  पारित गर्दा प्रतिपक्षी दल नेपाली कांग्रेशले भने नारावाजी लगाइरहेको थियो । प्रतिपक्षीको हो–हल्लाकाबीच नीति तथा कार्यक्रम पास भएको हो ।