• काठमाडौं : प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूबीच बसेको बैठकमा टिओआरका विषयमा सहमति जुट्न हुन सकेन । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी थिए ।

    सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको हो ।