• इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परेका राष्ट्रपतिलगायत नौ जनाको अवस्था अहिले अज्ञात रहेको छ । इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत नौ जना बोकेको हेलिकप्टरको दुर्घटना भएको इरानी सरकारी समाचार एजेन्सीले बताएको सीएनएनले जनाएको छ ।

    टर्कीले राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न पठाएको ड्रोनले एउटा विकट गाउँ नजिकको पहाडमा हेलिकप्टर ठोक्किएर दाग बसेको ठाउँ पत्ता लगाएको खबरमा उल्लेख छ । तर सही ठाउँको सूचना भने सार्वजनिक गरिएको छैन ।

    खराब मौसमका कारण हिजो हेलिकप्टर दुर्घटना भएको आँकलन गरिएको छ । बाक्लो कुहिरो र अत्याधिक चिसो मौसमका कारण दुर्घटना भएको स्थान पत्ता लगाउन उद्धारकर्मीलाई समस्या भईरहेको छ ।