

-
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा सी र पुटिनले दुई देशबीचको मित्रता र प्रगाढ सम्बन्धको प्रशंसा गरेका बीबीसीले जनाएको छ ।
दुई नेताबीचको भेटवार्तामा युक्रेन युद्धबारे पनि चर्चा भएको छ । चिनियाँ राष्ट्रपति सीले बेइजिङ र मस्कोबीच रुस–युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा सहमति भएको बताएका खबरमा उल्लेख छ । तर उनले यसबारेमा अन्य विवरण दिएका छैनन् । गएको वर्ष चीनको शान्ति प्रस्तावको युक्रेन र उसका पश्चिमी सहयोगीहरूले आलोचना गरेका थिए ।
यस्तै रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको विषयमा मध्यस्थताका लागि चीनलाई धन्यवाद दिनुभएको बीबीसीले जनाएको छ । युक्रेन सङ्कट समाधान गर्न चीनको प्रयासप्रति रुस आभार रहेको उनले बताए । चीन र रुसले द्विपक्षीय व्यापारको प्रशंसा गर्दै नयाँ सम्झौताको शृङ्खलामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ ।
युक्रेन युद्धका कारण पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन अहिले रुसको मुख्य निर्यातकर्ता बनेको छ । चीनले अहिले रुसलाई कार, लत्ताकपडा, कच्चा पदार्थ पठाइरहेको छ । सन् २०२१ यता यी दुई देशबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलर पुगेको चीनले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । चीनमाथि रुसलाई हतियार उपलब्ध गराएको अरोप पनि लाग्ने गरेको छ तर उसले यो आरोपको बारम्बार अस्वीकार गर्दै आएको छ ।
राष्ट्रपतिमा पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा आज बिहान बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।
News Desk 0 response बिहिबार, जेष्ठ ३, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


