• काठमाडौं : उपेन्द्र यादवको पार्टी जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    जसपा संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

    जसपा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएकाले अब प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने यादवले बताएका छन् ।