

-
काठमाडौं : कोशी प्रदेशमा सत्ता केन्द्रित लडाईँ बढ्ने देखिएको छ । आज नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् ।
आज मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन आह्वानको विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आह्वानको सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाखमा विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरेका थिए।
अधिवेशनले सङ्कल्प प्रस्तावमार्फत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन गए रातिसम्मको समय सीमा दिएको थियो । तर तोकिएको समयमा विश्वासको कार्कीले मत नलिएकाले अब नयाँ सरकार गठनका लागि आह्वान गर्न एमाले र माओवादीले प्रदेश प्रमुखसँग माग गरेका छन् ।
कोशी प्रदेशमा सरकारविहीनताको अवस्था सिर्जना भएको दाबी गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने जिकिर गरेका छन् । मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू नियुक्त भएकाले दोस्रो पटक विश्वासको मत लिनुनपर्ने दाबी गर्दै आएका छन् । दुवै पक्षको कुरा सुनेपछि प्रदेश प्रमुख खापुङले आफू संविधान, ऐन र कानुनअनुसार अघि बढ्ने बताएका छन् ।
News Desk 0 response बुधबार, बैशाख २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


