• उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा नवनिर्मित क्षेत्रीय कारागार भवनको बाँके ( नौबस्ता ) मा उद्घाटन भएको छ । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारगारमा ३ हजार ९२४ सय पुरुष र ६ सय महिला बन्दी अट्ने क्षमता छ । करिब ३ अर्बको लागतमा निर्माण भएको हो ।

    ( तीन चरणमा निर्माण सम्पन्न भएको थियो । प्रशासनिक, मेडिकल र स्पोटर्स ब्लकसहित ३ वटा मुख्य भवन छन् । प्रत्येकमा १ १ हजार कैदीबन्दी अट्छन्। कारागार परिसरभित्र नेपाल र सशस्त्र प्रहरीका लागि ब्यारेक पनि निर्माण गरिएको छ । पहिलो चरणको लागतः ८ करोड ६१ लख, दोस्रो चरणको लागतः ७४ करोड ८७ लाख र तेस्रो चरणको लागतः २ अर्ब हो ।

    उद्घाटन कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले बन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको बताएका छन् । कृषिदेखि विकास निर्माणसम्मका काममा लगाउन सकिने उनको भनाई छ । । यसले कैदीबन्दीको क्षमता विकाससँगै उत्पादकत्व बृद्धि र उनीहरुको शारीरिक र मानसिक तन्दरुस्तीलाई पनि फाइदा पु¥याउँने मन्त्रीको तर्क छ ।

    ( कारागारहरु यातना केन्द्र होइन सुधार गृह बनून भन्नेमा सरकार सचेत रहेको उनको भनाइ छ।

    ( पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो आएके बताँउदै मन्त्रीले अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुने बताए । त्यसबारे छलफल सुरु भईसकेको लामिछानेको भनाई छ ।