

-
न्युयोर्क : प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा करिब ३०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । न्युयोर्कका मेयर एरिक एडम्सले कोलम्बिया युनिभर्सिटीको अनुरोधमा आफूले भवनभित्र बसेका विद्यार्थीविरुद्द ठुलो अभियान चलाएको बताएका हुन् ।
शहरका अधिकारीहरूले विश्वविद्यालयभित्र प्यालेस्टाइनको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा बाहिरी तत्त्वहरू सामेल भएको बताएका छन्। अमेरिकाका अन्य शहरहरूबाट पनि लगभग यस्तै बयानहरू आएका छन्।
न्यूयोर्कका मेयरले अपरेसनका क्रममा कोलम्बियामा भइरहेको ठुलो अपरेसनको बिचमा प्रहरीले शहरका अन्य ठाउँको सुरक्षाको पनि ख्याल गरिरहेको सञ्चारमाध्यमलाई जानकारी दिए । उनले युवालाई कट्टरपन्थी बनाउने विश्वव्यापी समस्या बन्दै गएको बताए ।
एडम्सले न्यूयोर्कमा यस्तो हुन नदिने बताए। उनले आन्दोलनकारीले शान्तिपूर्ण प्रदर्शन गर्नुपर्थ्यो तर अराजकताको वातावरण सिर्जना गरिरहेको आरोप लगाए ।
विचार व्यक्त गर्ने सन्दर्भमा मेयर एडम्सले भने, ‘विद्यार्थीहरूलाई विरोध गर्ने अधिकार छ र स्वतन्त्र विचार हाम्रो समाजको पहिचान हो। तर भवनको घेराबन्दी, सम्पत्तिमा क्षति पुर्याउने र सुरक्षा क्यामेरा निष्क्रिय पार्ने कार्यलाई शान्तिपूर्ण व्यवहार भन्न मिल्दैन ।’ –बिबिसीबाट
News Desk 0 response बिहिबार, बैशाख २०, २०८१

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


