

-
तेल अभिभ : इजरायली सरकारका मन्त्रीहरूबिच गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतालाई लिएर मतभेद देखा परेको छ। हालैका दिनहरूमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन्।
यसैबिच, इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्य बेन्नी गान्ट्जले इजरायली सरकारले बन्धकहरूको रिहाइको सम्झौतालाई रोक्ने हो भने सत्तामा बस्ने अधिकार नरहेको बताएका छन्।
अर्कोतर्फ अर्थमन्त्री तथा दक्षिणपन्थी नेता बेजलेल स्मोट्रिचले सरकार यस्तो सम्झौतामा सहमत भएमा यो लाजमर्दो आत्मसमर्पण हुने बताएका छन् । उनले रफाहमा इजरायलको नियोजित आक्रमण स्थगित भएमा वर्तमान सरकारले जारी राख्न नहुने बताए।
यता, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले इजरायलले रफाहमा आक्रमणको बारेमा आफ्नो चिन्ताबारे छलफल गर्नुअघि अमेरिकाले आक्रमण नगर्ने आश्वासन दिएको बताएका छन्। गाजामा जारी द्वन्द्वका सम्बन्धमा प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बासले अहिले अमेरिकाले मात्रै रफाहमा इजरायलको आक्रमण रोक्न सक्ने बताएका छन् । महमूद अब्बास हाल रियादमा छन् जहाँ उनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेट्ने छन्।
News Desk 0 response सोमवार, बैशाख १७, २०८१

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


