

-
गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन भएका छन् । गए राति भएका विशाल प्रदर्शनका क्रममा प्रहरीले सयौँ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । येल र कोलम्बिया विश्वविद्यालयमा भएका प्रदर्शनका कारण पढाइ नै ठप्प भएको खबरमा उल्लेख छ ।
बार्कली, एमआईटी र देशका अन्य ठूला विश्वविद्यालय र क्याम्पसहरूमा विद्यार्थीले प्रदर्शन गरिरहेका छन् । इजरायलले गाजामा युद्ध लडेको नभई नरसंहार गरिरहेकाले अमेरिकाले इजरायललाई साथ दिन नहुने विद्यार्थीको माग छ । केही विद्यार्थी भने इजरायलको पक्षमा छन् ।
गएको हप्ता पनि न्युयोर्क प्रहरीले कोलम्बिया विश्वविद्यालय परिसरबाट एक सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । न्युयोर्क विश्वविद्यालको छेउमा विद्यार्थीले पाल टाँगेरै प्रदर्शन गरेका छन् । उनीहरूले अमेरिकाले इजरायलाई मान्छे मार्ने लाइसेन्स र हतियार दिएको भन्दै चर्को विरोध गरेका छन् ।
विश्वविद्यालयहरूमा भइरहेको विरोध प्रदर्शनका बारेमा सोध्दा राष्ट्रपति जो बाइडेनले यहुदीविरुद्ध आन्दोलन गर्ने र प्यालेस्टाइनमा के भइरहेको छ भन्ने कुरा नबुझ्नेहरू दुवैको निन्दा गर्ने बताउनुभएको छ । यहुदी समर्थक र विरोधी दुवैको विरोध बढ्दै जाँदा विभिन्न विश्वविद्यालयमा हिंसाको डर बढेको छ । प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले केही दिनअघि अमेरिकाभरका प्रमुख सडकहरू अवरुद्ध गरेका थिए ।
गएको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ५३ जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा इजरायलले गाजामा गरिरहेको आक्रमणमा ३४ हजार जनाभन्दा धेरै मारिएका छन् । मारिनेमा धेरैजसो बालबालिका र महिला रहेका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


