

-
काठमाडौं : यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका छन् । भोलि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ भने सरकारले पर्सि २ गतेदेखि भर्ना अभियान शुरु गर्दैछ । धेरै विद्यालयले नियमित पढाइ चाहिँ वैशाख दोस्रो हप्तादेखि शुरु गर्दैछन् ।
शैक्षिक सत्र, भर्ना अभियान र पढाइ शुरु नहुँदै सरकारले सबै जिल्लामा किताब पुर्याएको हो । देशभर रहेका सबै स्थानीय बिक्रेताकहाँ किताब पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । कतिपय विद्यालयले भने किताब लगिसकेका छन् ।
अरु विद्यालयले भने आज, भोलिमै किताब लैजाने भएकाले विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका हुन् । पहिले पढाइ शुरु भएको महिनौँ बित्दासमेत विद्यार्थीले किताब नपाउने समस्या थियो । दुर्गम भेगका कतिपय विद्यार्थी त किताब नै नपढी परीक्षा दिन बाध्य थिए । चालु शैक्षिक सत्रदेखि सरकारले बेलैमा किताब पुर्याउन थालेको हो । पोहोर वैशाखमा सबै ठाउँमा किताब पुगिसकेको थियो भने यसवर्ष चैतमै सबै जिल्लामा किताब पुगिसकेको छ ।
नौ वटा प्रादेशिक कार्लय र डिपोमार्फत एक हजार २६७ वटा स्थानीय बिक्रेताकहाँ किताब पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


