

-
काठमाडौं : कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् । प्रदेश सभाका एक चौथाइभन्दा धेरै प्रदेश सभा सदस्यले दिएको पत्रको आधारमा प्रदेश प्रमुख खापुङले आउँदो वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्ति सोमवार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले विशेष अधिवेशन आह्वान गर्न लिखित रूपमा माग गरेका थिए । सोमवार नै मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमवार नै फिर्ता लिएका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उनले राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने गठबन्धनको भनाइ छ । मुख्यमन्त्री कार्कीले भने संविधानअनुसार सरकार बन्ने अन्तिम धाराबमोजिमको सरकार भएकाले पदबाट राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने बताउँदै आएका छन् ।
कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेर गएको असोज २७ गते मुख्यमन्त्री बनेका हुन् । एमाले र माओवादीले यो सरकारलाई विस्थापित गरेर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतबहादुर कार्की नेतृत्वमा नयाँ सरकार बनाउने बताएका छन् ।
News Desk 0 response बुधबार, चैत्र २८, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


