

-
काठमाडौं : कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर माओवादी प्रदेश सरकारबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरू राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जाले राजीनामा दिएका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
आङ्बोले माओवादीले कांग्रेसका मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको जानकारी दिएका छन् । अब नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत जुटाउने माओवादीले जनाएको छ ।
कोशीमा यसअघि कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । अब भने कार्की अल्पमतमा परेका छन् । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । कोशीमा अब सरकार ढलेमा स्वतः मध्यावधि चुनाव हुने कांग्रेसको तर्क रहेको छ । तर एमालेसहितका दलले भने आफूहरूसँग बहुमत रहेकाले सरकार बन्न कानुन बाधक नहुने बताउँदै आएका छन् ।
यसैबीच एमाले र माओवादीसहितका ५३ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गर्दै प्रदेश प्रमुख खापुङसमक्ष तत्कालै संसदको विशेष अधिवेशनको माग गरेका छन् । उनीहरूले कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई सङ्कल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन् । तर कोशी सरकारले भने आउँदो जेठ ११ गते मात्रै प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । विशेष अधिवेशनको माग छल्न मुख्यमन्त्री कार्कीले जेठ ११ गतेका लागि संसद् बोलाएको भन्दै एमाले र माओवादीले विरोध जनाएका छन् ।
News Desk 0 response सोमवार, चैत्र २६, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


