

-
काठमाडौं : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोल्नका लागि तयारी अवस्थामा पुगेको छ । दुई मिटर खन्न बाँकी रहेकोले ‘ब्रेक थ्रु’ अर्थात् सुरुङ छिचोल्ने कार्यक्रम गर्न सकिने अवस्थामा पुगेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए । सुरुङ छिचोल्ने अवस्थामा पुगेको भए पनि मिति भने तय भइनसकेको उनले बताए । ‘ब्रेक थ्रु’ को मिति चाँडै तय हुने पनि दुमरुले बताए ।
यसअघि गएको फागुन २३ गते नै सुरुङ छिचोल्ने मिति तय भएकोमा स्थानीयवासीले काममा अवरोध गर्दा हुन सकेको थिएन । स्थानीयवासीसँगको सहमतिपछि गएको चैत ६ गतेदेखि फेरि काम शुरु भएको हो । सुरुङ छिचोलेपछि सुरुङलाई थप सुधार गर्नुपर्ने भएकाले गाडी चलाउन थप एक वर्ष लाग्ने उपनिर्देशक दुमरुले बताए ।
अहिले थानकोटमा फ्लाईओभर निर्माण भइरहेको छ । फ्लाईओभरबाट सुरुङ मार्गसम्म पुग्ने सडकमा ग्राभेल र कालोपत्रको काम हुँदै छ । २०७६ सालमा २२ अर्ब रुपैयाँमा ठेक्का लागेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बाँकी काममा अवरोध नआए अबको एक वर्षमा प्रयोग गर्न सकिने आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले बताए । अहिले साढे आठ किलोमिटर रहेको बलम्बु–सिस्नेखोला सडकमा सुरुङमार्ग भएर जाँदा भने तीन मिनेटमात्र लाग्ने आयोजनाको दाबी छ ।
News Desk 0 response बुधबार, चैत्र २१, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


