

-
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा गण्डकी प्रदेशस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नारासहित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले स्थानीयस्तरबाटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी माघ १ देखि ६ गतेसम्म दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको जनाएको छ ।
महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार ५५५, ट्रफी तथा उपविजेताले रु ७७ हजार ७७७ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १२ उपसमिति गठन गरेर तयारी तीव्र पारिएको बताउँदै क्लबका अध्यक्ष नीरज शाहीले गण्डकी प्रदेशभित्रका क्लबलाई मात्र सहभागी गराइने बताउनुभयो ।
राष्ट्रपति रनिङशिल्ड माघ १० देखि
माछापुच्छ्रे गाउँपालिकाले आगामी माघ १० देखि १२ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ ।
गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयबीचको स्पर्धामा विभिन्न एथ्लेटिक्स, भलिबललगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा १००, २००, ४००, ८०० र एक हजार ५०० मिटर छात्रछात्रा दौड, ४०० मिटर छात्रछात्रा रिलेदौड, छात्रछात्रा हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपुट, छात्रछात्रा भलिबल तथा कवड्डी समावेश गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो ।
विद्यालय तहबाट खेलकूद प्रतिभाको खोजी गर्दै संवद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्यसहित गत वर्षदेखि देशको सङ्घीय संरचनाअनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



