

-
वीरगञ्ज (पर्सा), २१ चैत : हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको समग्रमा एक सय ८१ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
कार्यालय मातहत दुई खण्डमा कूल दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही ठाउँमा बाहेक अन्यत्र सडक निर्माण कामले गति लिइरहेको कार्यालयले जनाएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख दीपककुमार झाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाहेक अन्य स्थानमा सडक निर्माणले गति लिएको बताए । “निकुञ्ज क्षेत्रमा सडक विस्तारको कार्य अघि बढाउन समस्या भइरहेको छ”, उनले भने, “अन्य स्थानमा भने सडक निर्माणले गति लिइरहेको छ ।”
कार्यालय मातहत दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्दछ । त्यसमा पूर्व–पश्चिम खण्डमा एक सय ५३ किलोमिटर र उत्तर–दक्षिण खण्डमा ७६ दशमलव सात किलोमिटर सडक पर्दछ । कार्यालयका अनुसार हालसम्म दुवै खण्डमा एक सय ८१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । पूर्वपश्चिम खण्डमा एक सय नौ किलोमिटर र उत्तर–दक्षिण खण्डमा ७२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
योजना प्रमुख झाले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाको म्याद थप गर्नका लागि सहजीकरण गरिदिएकाले हुलाकी राजमार्गअन्तर्गत रहेका रुग्ण ठेक्कालाई अघि बढाउन सहज हुने आङ्कलन गरेका छन् ।
“सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाहरुको म्याद थपको प्रावधान विगतको तुलनामा अहिले केही खुकुलो पारिएको छ, यदि आयोजनाहरुको म्याद थप भएको खण्डमा सडक निर्माणको कामले गति लिने आशा गरेका छौँ”, उनले भने, “उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि वीरगञ्जमा आएको सन्दर्भमा बजेट अभाव नहुने भन्दै प्रतिबद्धता पनि जनाउनुभएकाले पनि पूर्वाधार निर्माणमा सहज वातावरण बन्ने अपेक्षा लिएका छौँ ।”
हुलाकी सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी तथा इन्जिनियर सञ्जय ठाकुरले पूर्व–पश्चिमको एक सय ५३ किलोमिटर सडकमध्ये हालसम्म एक सय नौ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको बताए । “यो खण्डमा पर्ने पर्साको ठोरीदेखि चितवनको माडीसम्म चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने १५ किलोमिटर सडक कालोपत्र गर्न सकेका छैनौँ”, उनले भने ।
News Desk 0 response बुधबार, चैत्र २१, २०८०

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


