

-
काठमाडौं : आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे ‘ए’ टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे ।
आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ‘ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक बनाए । लाेकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ४९ रन बनाए । टाेलीले ६८ रनमा ३ विकेट गुमाएकाे अवस्थामा लाेकेश र आरिफले ४४ बलमा १ सय २१ रनकाे साझेदारी गरे । आयरल्यान्ड–उल्भ्सका फियाेन ह्यान्ड र म्याथ्यु हमफ्रेसले समान ३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । आयरल्यान्ड–उल्भ्सका पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए ।
टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । यसैगरी नेपालको ‘ए’ टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।
News Desk 0 response शुक्रबार, चैत्र १६, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


