• उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठकमा सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम नभएको बताएका छन् । उनले हस्ताक्षर, औठाछाप, निवेदन, केवाईसी केही नभएको कारण यसमा आफ्नो संलग्नता नभएको बताए ।

    यनले भने, ‘मैले जानकारी पाएअनुसार अदालतमा मुद्दा पनि दर्ता भइसकेको छ । तर मेरो त्यो मुद्दामा नाम उल्लेख छैन । जाहेरी मात्रै छ मेरो विरुद्ध । त्यो पनि प्रहरीमा दर्ता भएको छैन भन्ने बुझेको छु । यसलाई म कुनै पनि प्रभाव पार्ने काम गर्दैन र गर्नुहुँदैन ।’

    उनले प्रश्न आएपछि बताउनैपर्ने उल्लेख गर्दै उत्तरदायी भएर जवाफ दिनुपर्ने बताए ।

    उनले भने, ‘नत मेरो मतदाताले जवाफ खोज्छन् । मन्त्रीले अनुसन्धान गर्ने होइन । प्रहरीले गर्ने हो । म सरकारमा नआउनु अघिकै विषय हो । एउटा आशा र अपेक्षा पनि छ भन्नुभएको छ ।’