

-
काठमाडौं : यस वर्षको सगरमाथा आरोहणका लागि बाटो बनाउने काम शुरु भएको छ । दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मा लिएको सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपीसीसीले खटाएका आइसफल डाक्टरको टोलीले बाटो बनाइरहेको हो । अहिले खुम्बु आइसफलमा बाटो बनाउने काम भइरहेको एसपीसीसीका आधार शिविर सम्पर्क अधिकृत छिरिङ शेर्पाले जानकारी दिए ।
दोस्रो शिविरसम्म एसपीसीसी र त्योभन्दा माथि नेपाल पर्वतारोहण संघको समन्वयमा बाटो बनाउने काम हुन्छ । आरोहणको व्यवस्थापनका लागि ट्रेकिङ एजेन्सीले आधार शिविरमा सामान पुर्याउने लगायत बन्दोबस्तीका काम गरेका छन् । यस्तै अनुमतिका लागि टोलीले सम्पर्क गर्न थालेका पर्यटन विभागले जनाएको छ ।
यसैबीच सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाले यसपालीदेखि नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले जारी गरेको आधार शिविर व्यवस्थापनसम्बन्धी संशोधित कार्यविधिअनुसार आरोहण अवधिभर आधार शिविरमा गाउँपालिकाको पनि उपस्थिति रहनेछ ।
यसअघि आधार शिविरमा कुनै उपस्थिति नजनाउने पालिकाले यस वर्षदेखि आधार शिविरमै मानिस राखेर निमयन गर्ने भएको छ । आरोहणलाई व्यवस्थित गर्न यसपालीदेखि केही नयाँ व्यवस्थाहरु गरेको गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । गाउँपालिकाको नयाँ नियमअनुसार यस पटकदेखि आरोहीले आधारशिविरभन्दा माथिबाट आफ्नो दिसा अनिवार्य फिर्ता ल्याउनुपर्छ ।
यस्तै कुनै आरोहीको ज्यान गएमा सम्बन्धित कम्पनीले शव फिर्ता ल्याउनैपर्ने गाउँपालिकाले जनाएको छ । फेला नपरेको अवस्थामा बाहेक शव छाड्न नपाउने व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । यस्तै शव फेला पार्न सजिलो होस भनेर पर्यटन विभागले यस वर्षदेखि हरेक आरोहीकासाथमा विद्युतीय चिप्स अनिवार्य गरेको छ ।
यस्तै आधार शिविरमा भइरहेको अनावश्यक तडकभडक रोक्न गाउँपालिकाले आरोहीका लागि राखिने पाललगायतको आकारको मापदण्ड पनि तोकेको छ । यस्तै पर्वतारोहणका लागि नयाँ डोरी टाँग्ने बेला पुरानो डोरी फुकालेर अनिवार्य रूपमा आधार शिविरमा फिर्ता ल्याउनुपर्ने, उद्धार प्रयोजनबाहेक अरू कार्यका लागि आधार शिविरभन्दा माथि हेलिकप्टर उडान र अवतरण गर्न नपाइने लगायतका नयाँ नियम गाउँपालिकाले लागु गरेको छ ।
सगरमाथामा भइरहेको अस्वस्थ प्रतिस्पर्धा रोक्न तथा हुन सक्ने प्रदुषण नियन्त्रणका लागि नयाँ नियम लागु गरेको र गाउँपालिकाबाटै प्रभावकारी अनुगमन हुने अध्यक्ष शेर्पाले बताए ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


