• पाँचजना सहसचिवको सरुवा भएका छन् । आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको दुई महिना नपुग्दै सरुवा भएको हो ।

    । बराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयमा नै कार्यरत अर्जुनप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ ।

    त्यसैगरी अर्थ भित्रिने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहेर अहिले नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डीप्रसाद निरौला, वन तथा वातावरण मन्त्रालय अन्तर रहेको वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायणप्रसाद सापकोटा रहेका छन् ।