

-
काठमाडौं : आयरल्याण्ड्स उल्भ्ससँगको टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्स उल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो ।
नेपालका कुशल भुर्तेलले नटआउट ३७ र दीपेन्द्रसिँह ऐरीले २० रन बनाए । यस्तै सन्दीप जोराले ३६, आशिफ शेखले १६ र गुल्शन झाले चार रन बनाए । कप्तान रोहित पौडेलले खाता पनि खोल्न सकेनन् । आयरल्याण्ड्स उल्भ्सका ग्रेथ डेल्नीले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड्स उल्भ्सले २० ओभरमा अलआउट हुँदै एक सय २१ रन बनायो । उसका स्टेफिन डोहेनीले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले सामान दुई विकेट लिए । कुशल मल्ल र करण केसीले सामान एक विकेट लिए ।
नेपाली टोलीले आयरल्याण्ड ‘ए’ सँग भोलि अर्को खेल खेल्ने छ । नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेलिरहेको हो । उल्भसले नेपालको सिनियर टोलीसँगको शृङ्खलापछि नेपाल ‘ए’ सँग तीन खेलको टी–ट्वेन्टी र तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।
News Desk 0 response सोमवार, चैत्र १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


