

-
काठमाडौं । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सुन तस्करीको छानबिनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रुटि गरेको निष्कर्ष निकालेको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा सीआईबीले गम्भीर त्रुटि गरेको निष्कर्षसहित ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगले सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरेको छ ।
यस्तै आयोगले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित थप सात जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । यस्तै आयोगले सहसचिव एवम् अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रशासक अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
यसैबीच सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुका ५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
आज बिहान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । गृहमन्त्री लामिछानेसँग छलफल गरेपछि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । गृहमन्त्री लामिछानेले सुन तस्करीको अनुसन्धानमा गम्भीर लापर्बाही गरेको पाइएको बताएका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


