

-
२९ फागुन, काठमाडौं । मंगलबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको हो । कारोबार खुलेदेखि बढेको बजार १२ : ४४ बजे २०६४ अंकसम्म झर्यो । त्यसपछि बजार बन्द हुँदासम्म नै नेप्से एकोहोरो उकालो लाग्यो ।
नेप्से मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब १९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५५ करोडको कारोबार भयो । कुल २२० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।
जीवन बीमा समूह सबैभन्दा धेरै ५.४४ प्रतिशत तथा माइक्रोफाइनान्स समूह ५.०५ प्रतिशत बढ्यो । बैंकिङ ३.१०, विकास बैंक २.१७, फाइनान्स २.२९, होटल तथा पर्यटन ३.९३, हाइड्रोपावर ०.९९, लगानी १.८७, उत्पादन २.३४, निर्जीवन बीमा ३.१५, अन्य १.६४ र ब्यापार समूह १.६९ प्रतिशत बढे ।
धेरै मूल्य बढेका कम्पनीहरुमा माइक्रोफाइनान्सहरु अगाडि रहे । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य, विन नेपाल, स्वाभिमान, जाल्पा लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट, नाडेप, अभियान लघुवित्तको मूल्य ८ देखि ८.९ प्रतिशतसम्म बढ्यो । मोलुङ हाइड्रोपावर, न्यादी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, बुद्धभूमि हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको मूल्य २ देखि २.५ प्रतिशतसम्म घट्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, सननेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।
News Desk 0 response मङ्लबार, फाल्गुन २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



