

-
काठमाडौं : नयाँ सत्ता गठबन्धनले तयार गरेको चार सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मंगलबारको बैठकमा गठबन्धन दलहरूले मन्त्रालय बाँडफाँट र मन्त्रालयको टुंगो लगाउन प्रयास गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए ।
‘कार्यदलको बैठक बसिरहेको छ । कुन दलले कुन मन्त्रालय पाउने वा कति मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लगाउन प्रयास गर्ने छ’, आचार्यले भने ।
कार्यदलमा एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट वरिष्ठ नेता राजेन्द्र सहभागी छन् । खासगरी शक्तिशाली मन्त्रालय मानिएको अर्थ र गृह मन्त्रालयमा कुरा मिलेको छैन ।
सोमबार बसेको बैठकले अर्थ माओवादीलाई दिने मोटामोटी सहमति भएको नेता पुनले बताएका थिए । गृहमा रास्वपा र माओवादीले दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनगर्ठित सरकारमा सोमबार तीन जना मन्त्रीलाई विनाविभागीयको जिम्मेवारी दिएका छन् । जसमा एमालेबाट पदम गिरि, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्यालले मन्त्री भएका छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


