

-
काठमाडौं : क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा जम्मा एक विकेट गुमाएर भेटायो ।
नेपालका अनिल साह र भीम सार्कीले शतक बनाए । दुवै खेलाडीको यो पहिलो शतक हो । अनिल साहले आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन् । अनिल १ सय १२ रनमा नटआउट रहे । यस्तै, भीम १ सय १ रनमा नटआउट रहे । अनिलले दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए । एउटै खेलमा नेपालका दुई जना खेलाडीले शतक बनाएको यो पहिलो पटक हो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २ सय ३२ रन बनायो। उसका नभ्नीत धलिवालले ५०, निखिल दत्तले ४५ र साद बिन जफरले ३१ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ विकेट लिए । हेमन्तले आज मात्रै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।
यस्तै, कुशल मल्लले २ तथा ललित राजवंशी र आकास चन्दले एक एक विकेट लिए । तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।
News Desk 0 response सोमवार, माघ २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


