

-
१५ माघ, काठमाडौं । तीव्र गतिका बलर भोजराज भट्टले ६ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भयो । आर्मीका कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
बसिर अहमद ६३ बलमा ३ चौकासहित ३६ रनमा आउट भए । एक समय ८८–६ को दयनीय अवस्थामा पुगेको आर्मीलाई खेलमा फर्काउन सातौं विकेटका लागि कुशल र बसिरले ११३ रनको शतकीय साझेदारी गरेका थिए ।
आर्मीको सुरुवात भने राम्रो हुन सकेको थिएन । तीव्र गतिका बलर भोजराट भट्टको बलमा इमरान शेख ९ रनमै क्याच आउट भए । भोजराजकै बलमा सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की एज लागेर २ रनमा विकेटकिपर राजु रिजालबाट समातिन पुगेका थिए ।
पछिल्लो खेलमा कर्णालीसँग शतक हानेका कप्तान विनोद भण्डारी आजको खेलमा चल्न सकेनन् । भोजराजको बलमा मिडअनमा किरन ठगुन्नाबाट क्याच आउट हुनुअघि उनले मात्र २ रन बनाए ।
१० औं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर विकाश आग्रीले सन्तोष कार्कीलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले २८ बलमा ५ चौका हाने । सन्दीप रजाली ३१ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए ।
बायाँ हाते स्पिनर नरेन साउदले रजालीलाई एलबीडब्लू आउट गरेका थिए । साउदको बलमा सिनियर टोलीका फिनिसर विवेक यादव साउदकै बलमा ४ रनमा बोल्ड आउट भएपछि आर्मी एक समय १६.२ ओभरमा ८८–६ को अवस्थामा पुगेको थियो ।
त्यसपछि भने बसिर र कुशल मल्लको साझेदारीमा आर्मी खेलमा फर्किएको थियो । तल्लोक्रममा साहब आलमले २५ बलमा २ छक्कासहित २१ रन बनाए ।
सोमपाल कामी ३४ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।
सुदूरपश्चिमका तीव्र गतिका बलर भोजराज भट्टले ९.३ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ३ विकेट लिए । स्पिनर नरेन साउदले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीको नाममा १ विकेट रह्यो ।
News Desk 0 response सोमवार, माघ १५, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


