

-
काठमाण्डौ : सङ्क्रमण कालीन न्याय (टीआरसी) विधेयक र राष्ट्रियसभाको सिट भागबण्डाको विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच केही दिनदेखि भैरहेको छलफल निष्कर्षविहीन भएको छ । एमालेले राष्ट्रिय सभाका रिक्त १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका दल सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुट्दैछन् ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको सुनिश्चितता खोजेको गठबन्धनले एमालेबाट ठोस प्रस्ताव नआएको भन्दै आपसमै सिट बाँडफाँट गर्न लागेका हुन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पास गर्नुपर्ने प्रस्तावमा एमाले नेतृत्व तयार नभएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।
एमालेको हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले टीआरसी विधेयकमा लेनदेन नगर्ने बताउनुभएको थियो । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा आममाफी नहुने, सर्वोच्च अदालतको आदेशअनुसार विधेयक संशोधन गर्नुपर्ने र पीडितको सहमतिविना माफी नहुने एमालेको अडान छ ।
पर्सि २३ गते राष्ट्रियसभा चुनावको लागि उम्मेदवार मनोनयन दर्ताको समय भएकाले यसबारे आज र भोलिसम्म सहमति भैसक्नुपर्छ । तर एमालेले हिजो १९ वटै सिटमा उम्मेदवार दिने निर्णय गरेपछि गठबन्धन दलहरुले सिट बाँडफाँट टुङ्गो लगाउन लागेका हुन् । गठबन्धनभित्र कुन दललाई कति सिट छुट्याउने भन्नेबारे सहमति भैसकेको छैन ।
उम्मेदवारको विषयमा पनि दलहरुभित्रको विवाद कायमै छ । नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको विषय टुङ्गो लगाउन आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।
News Desk 0 response शनिबार, पुस २१, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


