

-
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ ।
पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ । पोखरा प्लेअफमा पुगिसकेको छ । धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ । हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।
आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन् । चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ । झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ । तर बराबरी या हारले अरु खेलको नतिजामा निर्भर हुनेछ । चितवन प्लेअफ होडबाट बाहिरिसकेको टोली हो । यी दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् ।
हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाडौं रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौँ र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।
News Desk 0 response शुक्रबार, पुस ६, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


