• काठमाडौं : बुटवल लुम्बिनी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को सेमिफाइनलमा पुगेको छ ।

    आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले बुटवललाई १–० गोलले हरायो । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी समयमा गोल गरे । पोखरा नेपाल सुपर लिगको दोस्रो संस्करणका सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

    यो जितसँगै पोखरा ७ खेलमा १४ अङ्कसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । बुटवल ७ खेलमा ७ अङ्कसहित सातौँ स्थानमा छ । बुटवलको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।