

-
काठमाडौं : नेपाल सुपर लिग (एनएसल) मा वीरगञ्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ ।
आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलले हरायो । इन्ज्युरी समयको आठौँ मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएको हो ।
खेलको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा आशिष चापागाईँको गोलमा इलामले अग्रता लिएको थियो । खेलको ३३ औँ मिनेटमा वीरगञ्जका भिसोन गुरुङले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको आठौँ मिनेटमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताए ।
यो खेलको अन्तिम समय निकै तनावपूर्ण बनेको थियो । इलामका गोलकिपर विकेश कुथुले खेल सकिएपछि रेफ्रीसँग विवाद गरेपछि उनले रातो कार्ड पाए । त्यसपछि इलामका सबै खेलाडी रेफ्रीसँग विवाद गर्न पुगेका थिए ।
यो जितसँगै वीरगञ्जले पाँच खेलमा पाँच अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । इलाम छ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा झरेको छ ।
News Desk 0 response बुधबार, मंसिर २७, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


