• काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्ससँगको खेलमा काठमाडौं रेजर्सले पुनरागमन जित निकालेको छ ।

    आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखरा काठमाडौंसँग २–१ गोल अन्तरले पराजित भयो । खेलमा पोखराले शुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५७ औँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।

    तर खेलको ८२ औँ मिनेटमा काठमाडौंका जुनियर एनकेनगेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा काठमाडौंका जोकिर शोख्रुखले गोल गर्दै टोलीलाई २–१ ले जिताए ।

    यो जितसँगै काठमाण्डौ ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा उति नै खेलमा ८ अङ्क भए पनि गोल अन्तरका आधारमा चौथो स्थानमा छ । एनएसएलमा पोखराको यो पहिलो हार हो ।