

-
काठमाडौं : एसीसी १९ वर्षमुनिको एसिया कप आज शुक्रवारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ ।
प्रतियोगिताअन्तर्गत नेपाली युवा क्रिकेट टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे शुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तान र भारत पनि खेल्दैछन् ।
प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।
नेपालको १९ वर्षमुनिको टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्डजस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपको फाइनलमा पुग्न सकेको छैन ।
नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न निकै उत्साहित रहेको बताएका छन् । नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।
मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी को उपविजेता तथा समूह ुबीु को विजेता र समूह ुएु को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।
यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।
News Desk 0 response शुक्रबार, मंसिर २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


