

-
काठमाडौं : भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज आयोजक भारत र न्युजिल्याण्ड खेल्दैछन् । यो खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुनेछ । जारी विश्वकपमा भारत अपराजित टोली हो । न्युजिल्याण्डले नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । चार वर्ष अगाडिको विश्वकपमा भारत सेमिफाइनलमै रोकिएको थियो । त्यो पनि न्युजिल्यान्डसँग हारेर । त्यस्तै सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् । यो खेल पनि दिउँसो सवा २ बजे इडेन गार्डेनमा शुरु हुनेछ । नौमध्ये सात खेल जितेको दक्षिण अफ्रिका दोस्रो र नौ खेलमा सातवटा नै खेल जितेको अष्ट्रेलिया रनरेटका आधारमा तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ अर्थात् मंसिर ३ गते आइतवार खेल्नेछन् ।
News Desk 0 response बुधबार, कार्तिक २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


