

-
काठमाडौँ, १७ कात्तिक : आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन् । यो खेलको विजेता टोलीले आगामी वर्ष सन् २०२४ मा हुने आइसिसी टि२० विश्वकप खेल्न पाउनेछ ।
नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रदैछ । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि२० विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छ्रैन ।
प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो । नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै हिजो भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रन पराजित भएको थियो । यता युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।
त्यसैगरी घरेलु मैदानमा टी२० विश्वकप छनोटको तयारी स्वरुप भएको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल र युएईबीच लिग चरणको दुई खेल भने नेपालले जितेको थियो तर फाइनलमा भने नेपाल युएईसँग पराजित हुन पुगेको थियो ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन् ।
News Desk 0 response शुक्रबार, कार्तिक १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


