• काठमाण्डाै : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ ।

    भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वकासाथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

    त्यस्तै, पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । भारतकाे रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् । भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ ।

    सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान एक खेलमा मात्रै विजयी भएको छ ।

    कोशीमा विकसित राजनीतिक घटनाक्रम आफूअनुकूल बनाउन मुख्यमन्त्री दाबी गर्ने दुवै पक्ष दौडधुपमा व्यस्त छन् । कांग्रेस नेता डा. शेखर कोइरालालाई फकाउन गठबन्धनका नेताहरु लागेका छन् । मुख्यमन्त्रीमा एमालेको समर्थन त्यागेमा कांग्रेसका कार्कीलाई अघि बढाउन सकिने गठबन्धनको भनाइ छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग भएको सहमति तोड्न आग्रह गरे पनि कोइरालाले अस्वीकार गरेका छन् । कोइरालालाई फकाउने प्रयास असफल भएपछि हिजो बसेको कांग्रेस कार्यसम्पादन बैठकले कुनै निर्णय गर्न सकेन । बैठक आज पनि बस्ने तयारी छ ।