

-
काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् । तीन दिन नेपालमा रहने गुटेरसले शान्ति प्रक्रियाका विषयसहित जलवायु परिवर्तन र अति कम विकसित देशका विषयमा छलफल गर्नुहुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
गुटेरसको भ्रमण यही अक्टोबर महिनाभित्र हुने भए पनि मिति यकिन भएको छैन । यसअघि सन् २००८ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए । त्यस बेला पनि प्रचण्ड नै प्रधानमन्त्री थिए । त्यो बेला माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो चुनावबाट सरकारमा पुगेको थियो ।
गुटेरसको भ्रमण शान्ति प्रक्रिया टुङ्ग्याउन अर्थपूर्ण हुने विश्लेषकहरू बताउँछन् । शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रियासँगै आर्थिक–सामाजिक विकासका मुद्दाहरूमा नेपाल र संयुक्त राष्ट्रसङ्घको सम्बन्ध नजिकको रहेको छ ।
सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा अहिलेसम्म छ जना महासचिवले भ्रमण गरेका छन् । विश्वकै उच्च कुटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घका महासचिवको पद राष्ट्रप्रमुखसरह सम्मानित मानिन्छ ।
News Desk 0 response बुधबार, अशोज १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


