• काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्।

    चीनको औपचारिक भ्रमणमा रहेका उहाँ हिजो तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि आज बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।

    कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन्। आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्नेछन् । हिजो ल्हासामा प्रधानमन्त्री प्रचण्ड विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए ।

    गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका उनी भोलि ल्हासा फर्कने बेलुका सिचुआन प्रान्तको राजधानी छेन्दु पुग्नेछन्। प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।